बंगालदेशबाट १० हजार टन मल ल्याइने
काठमाडौँ । नेपालले बंगालदेशबाट पहिलो चरणमा १० हजार टन रासायनिक मल ल्याउने भएको छ। बंगलादेशबाट ल्याउन लागिएको ५० हजार टन मलमध्येबाट पहिलो चरणमा १० हजार टन मात्र ल्याउन लागिएको हो ।
मल आयातका लागि सबै प्रक्रिया सकिएकाले बिहीबारदेखि पहिलो चरणको मल लोड हुने कृषि सामग्री कम्पनी लिमिटेडले जानकारी दिएको छ । उक्त मल १० दिन भित्रमा नेपाल आइपुग्ने छ। सरकारले ल्याउन लागेको ३ चरणको मल अन्तर्गत पहिलो चरणमा १० हजार टन तथा दोस्रो र तेस्रो चरणमा २०/२० टन मल ल्याइने कृषि सामग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णु पोखरेलले जानकारी दिए।
त्यस्तै अहिले युरिया ५ हजार टन, डिएपी २१ हजार र पोटास ७ हजार टन स्कटमा रहेको कम्पनीले जानकारी दिएको छ । २० हजार टन युरिया कोलकाताबाट आउने क्रममा रहेको छ । यस्तै थप ६० हजार टन मलको लागि एलसी खोलिसकेकाले लोडिङ हुने क्रममा रहेको छ । थप ६० हजार युरिया ल्याउनको लागि एलसी खोलिसकेको र २५ हजार डिएपीको लागि टेन्डर निकाल्ने तयारी गरेको कम्पनीले जानकारी दिएको छ ।
गत पुस २ गते नेपालले बंगलादेश केमिकल इन्डस्ट्रिज कर्पोरेसनसंग जीटूजीमार्फत ५० हजार टन मल ल्याउने सम्झौता गरेको थियो । नेपालले बंगलादेशसँग प्रतिटन २५९.१९५ अमेरिकी डलरमा उक्त परिमाणको मल खरिदको सम्झौता गरेको हो ।