image
image

इन्फिनिटी लघुवित्तलाई नेपाल एग्रो लघुवित्त प्राप्ती गर्न राष्ट्र बैंकको स्वीकृति  

काठमाडौं, १७, साउन । नेपाल राष्ट्र बैंकले इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडलाई नेपाल एग्रो लघुवित्त प्राप्ती गर्न अन्तिम स्वीकृति प्रदान गरेको छ । राष्ट्र बैंकको सञ्चालक समितिको शुक्रबार सम्पन्न बैठकले इन्फिनिटीलाई नेपाल एग्रो लघुवित्त प्राप्ती गर्न स्वीकृति प्रदान गरेको हो ।

दुबै संस्थाले एक आपसमा गाभिन वा एक्विजिशनका सैद्धान्तिक सहमति प्रदान गर्दा तोकिएको शर्त तथा प्रक्रियाहरु पूरा गरी अन्तिम स्वीकृतिका लागि पेश गरेको निवेदन अनुसार राष्ट्र बैंकले स्वीकृति दिएको हो ।

इन्फिनिटी लघुवित्तले ९८ रुपैयाँमा नेपाल एग्रो लघुवित्तलाई खरीद गरेको हो । यसअनुसार नेपाल एग्रो लघुवित्तको १०० कित्ता शेयर हुने लगानीकर्ताले अब मर्जर पश्चात बन्ने इन्फिनिटी लघुवित्तको ९८ कित्ता शेयर पाउनेछन् ।

इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गने सम्बन्धमा दुबै संस्थाको विशेष साधारण सभाबाट उक्त प्रस्ताव पारित भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।