नेप्सेमा सामान्य सुधार, कारोबार रकम १२ अर्ब माथि
काठमाडौं, १७, साउन। साताको पहिलो कारोबार दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य अंकको सुधार आएको छ। आज नेप्से परिसूचक १.२५अंकले बढेर बन्द भएको हो। यसक्रममा आज १२अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएर तीनकरोड तीन लाख कित्ता सेयर किनबेच भएको छ। बैंकिङ,बीमा,वित्त,अन्य समूहमा गिरावट आएपनि नेप्से परिसूचक समग्रमा सामान्य सुधारिएको हो। यीबाहेक आज व्यापार,जलविद्युत,लघुवित्त र उत्पादनमूलक समूहमा भने सुधार आएको छ।









