image
image

११ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि

काठमाडौँ, १७, साउन । ११ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । जसमध्ये पाँच कम्पनीको सेयर मूल्यमा सर्किट ब्रेकर नै लागेको छ । घलेम्दी हाइड्रोपावर, सिनर्जी पावर डेभलपमेन्ट, कालिका पावर कम्पनी, ग्रिनलाइफ हाइड्रोपावर र युनिभर्सल  पावर कम्पनीको सेयर मूल्य बढेर सर्किट ब्रेकर लागेको हो ।

जीवन विकास लघुवित्त, ङादी ग्रुप पावर, एभरेष्ट इन्स्योरेन्स कम्पनी, सिइबिडी हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल र रैराङ हाइड्रोपावरको सेयर भाउमा ९ प्रतिशतभन्दा बढी दरमा वृद्धि भएको हो । 

नेप्से परिसूचक भने एक दशमलव २५ अंकले बढेर ३०८१.०५ बिन्दुमा पुगेको छ । 

कारोबारमा आएका १३ समूहमध्ये सात समूहका परिसूचक कमजोर छन् । सबैभन्दा ठूलो वृद्धि जलविद्युत्‌ समूहमा देखिएको छ । १२ अर्ब १० करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ । एक लाख १७ हजार चार सय ९० पटकको कारोबारमा तीन करोड कित्ता सेयर किनबेच भएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।