लोकेसन ट्रयाकिङ सेवा दिन प्राधिकरणबाट अनुमति लिनुपर्ने :दूरसञ्चार प्राधिकरण
काठमाडौं २८ माघ। नेपाल दूरसञ्चार प्राधिकरणले लोकेसन ट्रयाकिङ सेवालाई नियमन र व्यवस्थापन गर्नका लागि अनुमतिपत्र प्रदान गर्ने भएको छ । विभिन्न सेवामा पछिल्लो समय लोकेशन ट्रयाकिङ सिस्टमको प्रयोग बढेसँगै प्राधिकरणले यसलाई व्यवस्थित गर्ने निर्णय गरेको हो।
अब लोकेसन ट्रयाकिङलाई छुट्टै सेवाको रुपमा खुला गर्ने गरी सरकारलाई सिफारिस गर्ने निर्णय भएको प्राधिकरणले जनाएको छ । यसअघिसम्म जीपीएस ट्रयाकिङको लागि मन्त्रालयले स्वीकृती प्रदान गरिँदै आएको थियो। पहिलेको सेवा झन्झटिलो भएका कारण यसलाई व्यवस्थित गर्ने उद्देश्यका साथ लोकेसन ट्रयाकिङ सेवाका लागि प्राधिकरणले अनुमति दिने र नियमन गर्ने निर्णय गरेको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले बताए ।
साथै यसका लागि आवश्यक विनियमावली गत सोमबार बसेको प्राधिकरण बोर्ड बैठक पास गरेको छ । उक्त विनियमावली अब प्राधिकरणले मन्त्रालयलयलाई सिफारिस गर्नेछ । मन्त्रालयले उक्त विनियमावली पास गरेसँगै लोकेशन ट्रयाकिङ छुट्टै सेवाको रुपमा अघि बढ्ने छ। नयाँ विनियमावली पास भएर आएसँगै अनुमति बिना सेवा सञ्चालनमा कडाइका साथ प्रतिबन्ध लगाइने छ र त्यस्ता पाइएको खण्डमा कानून बमोजिम कारबाही गरिने पनि प्राधिकरणका प्रवक्ता अर्यालले बताए ।