image
image

युनियन लाइफ इन्स्योरेन्सको शेयर कारोबार ३४२ रुपैयाँमा खुला

काठमाडौँ, १८, साउन । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार खुला भएको छ। प्रि(ओपन सेसनमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता रू. ३४२ मा कारोबार खुला भएको हो।  
कम्पनीको २ करोड १५ लाख कित्ता आईपीओ आइतबार सूचीकत भएको थियो। कम्पनीले पहिलो कारोबारको लागि रू. ११५ दशमलव १३ देखि ३४५ दशमलव ३९ ओपन रेञ्ज पाएको थियो। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीको पहिलो कारोबारका लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने भएकाले उक्त रेञ्ज पाएको हो। 

यूएलआई स्टक कोडबाट कम्पनीको शेयर नेप्सेमा सूचीकृत भएको छ।

कम्पनीको प्राथमिक सेयर गत असार ३१ गते बाँडफाँट भएको हो। कम्पनीको ६४ लाख ५० हजार कित्ता सेयर सर्वसाधारण समूहको छ। भोलिबाट कम्पनीको कारोबार सुरु हुनेछ। 

नयाँ बानेश्वरमा प्रधान कार्यालय रहेको यो पछिबाट खुलेको जीवन बीमा कम्पनी हो। संचालनमा आइरहेको यस कम्पनीले चैत मसान्तसम्म खुद ८ करोड २५ लाख रुपैयाँ नाफा कमाएको छ। सो अवधिसम्म कम्पनीको खुद बीमा शुल्क ५ अर्ब रुपैयाँ पुगेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।