image
image

 एक वर्षमा झन्डै ५१ अर्बको चामल आयात

काठमाडौं, १८, साउन । गत आर्थिक वर्ष २०७७/०७८ को बाहृ महिनाको अवधिमा नेपालले झन्डै ५१ अर्ब रुपैयाँ बराबरको चामल आयात गरेको छ । कृषिप्रधान मुलुकमै मुख्य खाद्यबाली धान९चामल० मै परनिर्भर बढिरहेको देखिन्छ । नेपालीहरुमा खाने बानीमा आएको परिवर्तन र मिठो तथा बास्नादार चामलप्रतिको मोह बढ्दै गएका कारण चामल आयात बढेको हो । 

भन्सार विभागको वार्षिक तथ्यांकअनुसार, गत आर्थिक वर्ष २०७७/०७८ को बाहृ महिनाको अवधिमा ५० अर्ब ७८ करोड ७९ लाख रुपैयाँ बराबरको चामल भारतलगायतका अन्य मुलुकबाट नेपाल आयात भएको देखिन्छ ।

सबैभन्दा बढी भारतसहित चीन, थाइल्यान्ड, फिलिपिन्स, जापान, अमेरिकालगायतका मुलुकबाट चामल आयात भएको छ । आर्थिक वर्ष २०७६/०७७ कोे तुलनामा गत आवमा १७ अर्ब १३ करोड बढीको चामल आयात भएको देखिन्छ । आव २०७६/०७७ मा ३३ अर्ब ६५ करोड रुपैयाँ बराबरको चामल आयात भएको थियो ।

मसिनो र बासमतियुक्त चामल अधिकांश भारत लगायत तेस्रो मुलुकबाट नै आयात हुने गर्छ । नेपालमा धान९चामल० को माग यत्ति नै छ भनेर कुनै यकिन तथ्यांक सरकासँग छैन् । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार, करिब ६२ लाख मेट्रिक टन धानको माग रहेको बताउँछ । जसमध्ये स्वदेशमै ५६ लाख २१ हजार मेट्रिक टन धान गत आवमा उत्पादन भएको थियो ।

त्यसअनुसार, अझै ६ लाख मेट्रिक टन धान अपुग रहेको मन्त्रालयको दाबी छ । तर, मन्त्रालयले भने जसरी अपुग ६ लाख मेट्रिक चामलका लागि मात्रै ५१ अर्ब रुपैयाँ खर्च हुँदैन् ।

अर्थात, त्यो परिमाणभन्दा धेरै नै बढी चामल नेपाल आयात भइरहेको देख्न सकिन्छ । मन्त्रालयका सचिव डा। योगेन्द्रकुमार कार्की नेपाली जनतामा मिठो, मसिनो र बास्नादार चामल खाने प्रवृत्ति बढेकाले चामल आयात बढेको स्वीकार्छन् । तर, उनी केही परिमाणमा अभाव भए पनि स्वदेशकै उत्पादनले पुग्ने अवस्था रहेको बताउँछन् ।

कम्तीमा दिनमा एक छाक चामलबाहेक अन्य परिकार खाने हो भने अहिलेकै उत्पादनले पुग्ने उनी बताउँछन् । ‘मानिसहरुमा मिठो, बास्नादार चामल खाने प्रवृत्ति बढ्यो । त्यही खानेबानीमा आएको परिवर्तनले चामल आयात बढेको देखिन्छ’ उनी थप्छन्, ‘बिहान बेलुकी नै टन्न भात खानुपर्छ । कम्तीमा दिनमा एक छाक गहुँ, मकै, कोदो, उवा, फापरका परिकार खाने हो भने अहिलेकै उत्पादनले करिब–करिब पुग्छ ।’

अहिले एक नेपालीले वर्षमा चामल मात्रै १३८ किलो खाने गरेको सरकारी आकँडा छ । अर्थात, नेपालीको बढ्दो ‘भाते कल्चर’ का कारणले पनि चामल आयात बढ्दो देखिएको देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।