image
image

शेयर बजारमा सामान्य वृद्धि

काठमाडौं, १८, साउन। सोमबार शेयर बजार सामान्य अंकले सकारात्मक रह्यो । उतार चढावबीच बजार परिसूचक नेप्से ४ अंक बराबरले धनात्मक रही ३ हजार ८५ कायम भएर थामियो । शुरुवाती समयमा तीब्र दरले उकालो लागेर ३१ सय छोएर नेप्से ओरालो लागेको हो ।

कारोबार भने पछिल्ला औसत दिनका तुलनामा केही न्यून, ११ अर्ब हाराहारीमा सिमित रह्यो । यस दिन बढीजसो समूह रातो रहे पनि लघुवित्त र उत्पादनमूलक समूहमा दोहोरो अंकको बृद्धि र वाणिज्य बैंक समूह हरियो रहेसंगै नेप्से सकारात्मक रहेर थामिएको हो । लघुवित्त समूहमा १ सय २४ अंकको बृद्धि आयो ।

उत्पादनमूक समूह ५२ अंकले उकालो लाग्यो । यस दिन बीमा समूहमा ९० अंक हाराहारीको गिरावट आयो । विकास बैंक, होटल तथा पर्यटन, व्यापार र अन्य समूह दोहोरो अंकले ओरालो लागे । यस दिन ८६ कम्पनीको शेयर मूल्य बढ्दा ९३ अंकको मूल्य घट्यो भने ५ कम्पनीको स्थीर रह्यो ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २६ कम्पनीको २ करोड १८ लाख कित्ता शेयर १० अर्ब ९८ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।