image
image

मंगलबार सुनको मूल्य स्थिर, चाँदी मूल्य प्रतितोला थप १० रुपैयाँले सस्तियो

काठमाडौँ, १९, साउन । मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर भएको छ । गत सोमबार प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज मंगलबार समेत सोही मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको हो । 

यस्तै, तेजाबी सुनको मूल्य समेत आज गत सोमबारकै ९१ हजार ८०० रुपैयाँ कायम भएको महासङ्घको भनाई छ । तर, यता चाँदीको मूल्य भने केही दिनयताको स्थिरता तोड्दै मंगलबार प्रतितोला १० रुपैयाँले घटेर एक हजार २७५ रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।   
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।