image
image

खरिदमाग उच्च भएपनि पहिलो दिन युनियन लाइफको ८० कित्ता काारेबार  

काठमाडौं, १९, साउन । युनियन लाइफको कारोबार खुलेको पहिलो दिन सोमबार दिनभरमा जम्मा ८० कित्ता शेयर मात्र कारोबारमा आएको छ । प्रि ओपनिङ्गमा १० कित्ता शेयर कारोबार भएर सुरु भएको कम्पनीको शेयर चार घण्टाको नियमित समयमा थप ७० कित्ता मात्र कारोबारमा आएको हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका युएल सिम्बोलबाट कम्पनीको शेयर कारोबारमा आएको छ । पहिलो दिन यूनियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य ६।०८ प्रतिशत बढेर ३६२।८० पुगेको छ । कम्पनीको शेयर मूल्य प्रि ओपन सेसनमा प्रतिकित्ता ३४२ रुपैयाँमा कारोबार खुला भएको थियो ।

जबकि कम्पनीको शेयर धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम असार ३१ गते गरिएको बाँडफाँडमा ५ लाख ८० हजार ५०० जनाले गोलाप्रथाबाट १० कित्ताका दरले पाएका थिए । करिब ६ लाख जनाले शेयर पाएपनि ओपनिङ्ग रेञ्ज कम हुँदा शेयर बिक्रीमा कठिनाई देखिएको हो ।

युनियन लाइफको ७० प्रतिशत संस्थापक सहित २ करोड १५ लाख कित्ता शेयर आइतबार सूचीकृत भएको थियो । कम्पनीले पहिलो कारोबारको लागि ११५।१३ देखि ३४५।३९ रुपैयाँसम्म ओपन रेञ्ज पाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।