सहकारी बैंकको चेक क्लियरिङ नहुने समस्या अन्त्य हुने अर्थमन्त्री शर्माको घोषणा
काठमाडौँ १९ साउन ।अर्थमन्त्री जनार्दन शर्माले सहकारी बैंकका चेक क्लियरिङ नहुने समस्या अन्त्य हुने घोषणा गरेका छन् । राष्ट्रिय सहकारी बैंकको १९औं वार्षिकोत्सवको अवसरमा मंगलवार ललितपुरमा आयोजित सहकारीमा लघुवित्त सम्मेलन–२०७८ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘चेक नचल्ने नियम खारेज गर्छु । सामाजिक सुरक्षाको भत्ता पनि सहकारी बंैक तथा गाउँगाउँमा रहेका लघुवित्त कम्पनीमार्फत् भुक्तानी गर्ने व्यवस्थाका लागि छलफल चलाइरहेको छु,’ उनले भने, ‘ बरु सहकारी बैंकहरूले नाफाका लागि प्रतिस्पर्धा नगर्नुस् । उत्पादन र रोजगारी सिर्जनामा प्रतिस्पर्धा गर्नुस् ।’ उनले उत्पादनमुखी अर्थतन्त्रको विकास गर्न सहकारी बैंकको साथै लघुवित्त क्षेत्रले जोड दिनुपर्ने बताए ।