image
image

नेप्सेमा उच्च अंकको वृद्धि 

काठमाडौँ १९ साउन  । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबारको तेस्रो दिन आज मंगलबार उच्च अंकको बृद्धि भएको छ । आज नेप्से २६.२ अंकले बढेर तीन हजार एक सय ११ दशमलब ९ विन्दुमा पुगेको छ । त्यस्तै, आज ११ अर्ब ५२ करोड ९२ लाख बराबरको कारोबार भएको छ । 

त्यस्तै, आज कारोबार भएका कम्पनीमध्ये सात कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा पाँचथर पावर कम्पनी, रु रु जलविदुत परियोजना, जीवन विकास लघुवित्त वित्तीय संस्था, युनियन लाइफ इन्स्योरेन्स, घलेम्दी हाइड्रो लिमिटेड, लिवर्टी इनर्जी कम्पनी र स्वावलम्बन लघुवित्त वित्तिय संस्था रहेका छन् ।   

त्यस्तै, आज युनिलिभर नेपालको शेयरमूल्यमा उच्च गिरावट आएको छ । जसको शेयरमूल्य करिब ४ प्रतिशतले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अपी पावर कम्पनीको भएको छ । यस कम्पनीको आज ४६ करोड भन्दा बढीको कारोबार भएको छ ।               
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।