image
image

मनकामना स्मार्ट लघुवित्तको प्रि –ओपन सेसनमा रू.२९६.७ मा कारोबार शुरु

काठमाडौं, २०, साउन । प्रि –ओपन सेसनमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार भएको छ । 

कम्पनीको शेयर कारोबार प्रतिकित्ता रू. २९६ दशमलव ७ मा खुला भएको हो ।  पहिलो कारोबारको लागि नेप्सेले रू.११० दशमलव ५२ देखि ३३२ दशमलव ५२ मूल्य रेञ्ज तोकेको छ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने भएको गर्दछ  ।  कम्पनीको आईपीओ साउन १७ गते नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको थियो ।

कम्पनीको १२ लाख ११ हजार ५०० कित्ता शेयर सूचीकृत भएको हो । कम्पनीले सूचिकरण पश्चात दिन सम्पूर्ण आरटिएस सम्बन्धी सेवा एनएमबि क्यापिटल लिमिटेड नक्साल, काठमाडौंबाट हुने पनि नेप्से मार्फत बताएको छ । साताको दोस्रो कारोबार दिन सोमवार र मंगलवार म्याचिङ नभएर कम्पनीको कारोबार भएको थिएन । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।