image
image

नेप्से दोहोरो अंकले बढ्दा ७ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि 

काठमाडौँ २० साउन  । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबारको चौथो दिन आज बुधबार दोहोरो अंकको बृद्धि भएको छ । आज नेप्से १२.५ अंकले बढेर तीन हजार एक सय २३ दशमलब १५ विन्दुमा पुगेको छ । त्यस्तै, आज नेप्सेका कारोबार रकममा पनि बृद्धि भएको छ । आज १५ अर्ब ५९ करोड ५७ लाख बराबरको कारोबार भएको छ ।

आज २२५ कम्पनीको  २ करोड ८८ लाख १३ हजार ८ सय ३१ शेयर १ लाख ४४ हजार ८ सय ८७ पटक कारोबार भएको छ । साथै आज कूल १३ समूह मध्ये ६ समूह बढेका छन् भने बाँकि आठ समूह घटेका छन् ।     

त्यस्तै, आज कारोबार भएका कम्पनीमध्ये ७ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । जसमध्ये सात  शेयरमूलयमा १० प्रतिशतले बृद्धि भएको छ भने अन्य कम्पनीको ९ प्रतिशत भन्दा बढीले बृद्धि भएको छ ।      

त्यस्तै, आज ङादी ग्रुप पावर कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । जसको शेयरमूल्य करिब ६ प्रतिशतले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अपी पावर कम्पनीको भएको छ । यस कम्पनीको आज ७९ करोड भन्दा बढीको कारोबार भएको छ ।   
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।