बिहीबार सुनको मूल्य स्थिर, चाँदीको मूल्य भने घट्यो
काठमाडौँ २१ साउन । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । बिहीबार छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार पनि छापावाला सुन सोही मूल्यमा कारोबार भएको थियो । महासंघका अनुसार, आज तेजाबी सुनको मूल्य पनि सोही मूल्यमा कायम रहेर प्रतितोला ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छ ।
यस्तै, यता चाँदीको मूल्य भने आज तोलामा दश रुपैयाँले घटेर प्रतितोला १२ हजार ७५ रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला १२ हजार ८५ रुपैयाँमा कारोबार भएको थियोे ।