image
image

मञ्जुश्री फाईनान्सले बिक्रीमा ल्यायो  संस्थापक शेयर

काठमाडौँ २१ साउन । मञ्जुश्री फाईनान्स लिमिटेडले बिहीबारदेखि संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले प्रति शेयर न्युनतम मूल्य ३ सय रुपैयाँ तोकेर १२ हजार ५ सय ८७ कित्ता संस्थापक शेयर साउन १४ गतेदेखि बिक्रिमा ल्याएको हो ।

शेयर खरिदको लागि न्यूनतम १०० कित्ता र अधिकतम सबै शेयर संख्या माग गर्न सकिने कम्पनीले ब्यवस्था गरेको छ । साथै संस्थापक शेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले साउन १४ गते देखि मिति भाद्र ८ गते सम्ममा बोलकबोल पेश गर्न सक्नेछन् ।

शेयर बिक्री प्रबन्धक श्री एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । प्रति कित्ता आपूmले लिन चाहेको दर रेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्र मार्फत आवेदन पेश गर्न सकिने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।