image
image

सेयर बजारमा दोहोरो अंकको गिरावट, हाइड्रोपावरमा नाफा बुक गर्दै लगानीकर्ता

काठमाडौं, २१, साउन । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो  अंकको करेक्सन भएको छ । लगातार बढेर बुधबार ३१२३.४५ अंकको ऐतिहासिक उचाइमा पुगेको नेप्से आज १६ अंकले घटेर ३१०७.४५ अंकमा बन्द भएको छ ।

आज विकास बैंक र बैंकिङबाहेक सबै उपसूचकमा गिरावट हुँदा हाइड्रोपावरमा भने लगानीकर्ताले नाफा बुक गरेका छन् । जसले गर्दा आज हाइड्रोपवार कम्पनीको उच्च रकमको सेयर कारोबार हुँदा हाइड्रोपावर उपसूचक सर्वाधिक २.१६ प्रतिशतले गिरावट भएको छ ।

यता, विकास बैंक उपसूचक भने २.२४ प्रतिशतले बढेको छ । यस्तै, बैंकिङ उपसूचकमा पनि ०.०१ प्रतिशतको सामान्य वृद्धि हुँदा लगानी उपसूचक १.४३ प्रतिशतले गिरावट भएको छ ।

यस्तै, उत्पादनमूलक उपसूचक १.३४ प्रतिशत, होटेल तथा पर्यटन उपसूचक १.१४ प्रतिशत र व्यापार उपसूचक १.०९ प्रतिशले गिरावट भएको छ ।

आज बजारमा कारोबार रकम भने बुधबारको तुलनमा घटेको छ । बुधबार साढे १५ अर्ब नाघेको कारोबार रकम आज १४ अर्ब झरेको हो । आज २ अर्ब ८८ करोड ४५ हजार ४३१ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब ३१ करोड ६२ लाख ५० हजारको कारोबर भएको छ ।

आज अपर तामाकोसी हाइड्रोपावरले कारोबार रकममा लिड गरेको छ । कम्पनीको ६४ करोड ६५ लाख ८८ हजारको कारोबार हुँदा अपी पावरको ५३ करोड ३५ लाख १२ हजार र अरुण भ्याली हाइड्रोपावरको ४७ करोड १८ लाख ७ हजारको कारोबार भएको छ ।

आज कारोबारमा आएकामध्ये चार कम्पनीको सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द भएको छ । सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द हुनेमा नेपाल फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक, जीवन विकास लघुवित्त र युनियन लाइफ इन्स्योरेन्स रहेका छन् ।

सेयर मूल्य घट्नेमा भने हाइड्रोपावर कम्पनी अगाडि रहेका छन् । युनिभर्सल पावर कम्पनीको सेयर मूल्य ५.८५ प्रतिशतले गिरावट हुँदा हिमालयन पावर पार्टनरको सेयर मूल्य ५.४० प्रतिशत, शिवश्री हाइड्रोपावरको सेयर मूल्य ५.२९ प्रतिशतले घटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।