मध्य भोटेकोशी जलविद्युतको आईपीओमा माग भन्दा बढी आवेदन
काठमाडौँ २१ साउन । मध्यभोटेकोशी जलविद्युत आयोजनाको आईपीओमा आयोजना प्रभावित र जिल्लाबासी दुबैतर्फबाट मागभन्दा बढीको आवेदन परेको छ ।
यसअघि साउन १७ गतेभित्र आयोजना प्रभावित क्षेत्रबाट कम आवेदन परेपछि समय बढाइएकोमा बुधबारसम्म दुबैतर्फ ओभर सब्सक्राइब भएको हो ।मध्य भोटेकोशीको स्थानीयमा जारी आईपीओमा साउन २० गते बुधबारसम्म कुल ७२ हजार ४५५ वटा आवदन परेको छ ।
जसमध्ये आयोजना प्रभावितहरुबाट ७ हजार ४३१ वटा र सिन्धुपाल्चोक जिल्लाका अन्य गाउँपालिकामा तथा नगर क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुबाट ६५ हजार २४ वटा आवेदन परेको हो ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार बुधबारसम्म कुल १ अर्ब ५२ करोड ९० लाख ३५ हजार ९०० रुपैयाँ बराबरको १ करोड ५२ लाख ९० हजार ३५९ कित्ता शेयरका लागि आवेदन दिएका छन् ।
जसमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाबाट ७ हजार ४३१ वटा आवेदनबाट १८ लाख ८७ हजार ९११ कित्ता शेयर माग भएको छ । यो आयोजना प्रभावितका लागि जारी शेयरभन्दा ८७ हजार ९११ कित्ता बढी माग हो ।
सिन्धुपालचोकका भोटेकोशी गाँउपालिका वडा नं १ र ५, बाह्रबिसे नगरपालिका वडा नं ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं ७ र ८ मा स्थायी बसोबास गर्ने आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि स्थानीयमा जारी ६० लाख कित्ताको ३० प्रतिशतले हुने १८ लाख कित्ता शेयर निष्काशन गरिएको थियो ।