image
image

नेप्सेमा ५ कम्पनीको बोनस सूचिकृत

काठमाडौँ २२ साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज विभिन्न ५ वटा कम्पनीको सेयर सूचिकृत भएको छ । स्टकका अनुसार ५ वटै कम्पनीको बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।

जसमा नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड, रिलायन्स फाइनान्स कम्पनी लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका छन् । 

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड
नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको १० प्रतिशत बोनस बापतको ३ लाख ६८ हजार कित्ता सेयर सूचिकृत भएको हो ।

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड
फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ प्रतिशत बोनस बापतको १२ लाख ५१ हजार ३८.५० कित्ता सेयर सूचिकृत भएको हो ।

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड
मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको १२ प्रतिशत बोनस बापतको एक लाख ४६ हजार ८९.१ कित्ता सेयर सूचिकृत भएको हो ।

रिलायन्स फाइनान्स कम्पनी लिमिटेड
रिलायन्स फाइनान्स कम्पनी लिमिटेडको १० प्रतिशत बोनस बापतको ८ लाख ३२ हजार ४ सय १६.०६ कित्ता सेयर सूचिकृत भएको हो ।

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड
प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको ८ प्रतिशत बोनस बापतको ८ लाख २१ हजार एक सय ४५.६० कित्ता सेयर सूचिकृत भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।