image
image

घट्यो इन्फ्राष्ट्रक्चर बैंकको मुनाफा

काठमाडौँ  २२ साउन । नेपाल इन्फ्राष्ट्रक्चर बैंकले प्राथमिक शेयर निष्काशन गर्दा १.२६ प्रतिशतले घाटा व्योहोरेको छ । ८ अर्ब रुपैयाँको शेयर निष्कासन गर्दा बैंकलाई घाटा लागको हो ।गत आर्थिक वर्षमा ८४ करोड ७१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको बैंकले गत आव २०७७÷७८ मा ८३ करोड ६४ लाख रुपैयाँ मुनाफा कमाएको छ ।बैंकको खुद व्याज आम्दानी ८.३६ प्रतिशतले बढे पनि खर्च धेरै हुँदा मुनाफामा गिरावट आएको हो । बैंकले गत वर्ष एक अर्ब ३३ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।


यसैगरी, बैंकको अन्य बैंक वित्तीय संस्थामा रहेको निक्षेप थप १०८ प्रतिशतले बढेको छ भने बैंकले पूर्वाधार क्षेत्रमा लगानी गर्न नसक्दा बैंक वित्तीय संस्थामा १८ अर्ब २८ करोड रुपैयाँ निक्षेप जम्मा गर्न सफल भएको छ । अघिल्लो वर्षको तुलनामा कर्जा लगानी २९५ प्रतिशतले बढेको बैंकले जनाएको छ । बैंकको अनुसार विभिन्न आयोजनामा २ अर्ब २७ करोड रुपैयाँ लगानी गरेको छ ।

बैंकको हाल २० अर्ब रुपैयाँ चुक्ता पूँजी पुगेको छ । त्यस्तै, बैंकको जगेडा कोषमा २ अर्ब ४० करोड रुपैयाँ सरक्षित रहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।