image
image

एक वर्षमा एक अर्ब ६५ करोडको डाइपर आयात

काठमाडौँ २३ साउन । नेपालले आर्थिक वर्ष २०७७/०७८ मा  विभिन्न १५ मुलुकबाट एक अर्ब ६५ करोड मूल्य बराबरका डाइपर आयात गरेको छ । विशेषगरी नवजात शिशु, शल्यक्रिया गरेका बिरामी, ज्येष्ठ नागरिक तथा लामो यात्रा गर्नेले मलमूत्र अन्यत्र नजाओस् भन्नका लागि डाइपरको प्रयोग गर्दछन् । 

भन्सार विभागले प्रकाशन गरेको सो आर्थिक वर्षको प्रतिवेदनमा करीब १० करोड ५५ लाख थान डाइपर आयात भएको उल्लेख छ । सोही आवमा नेपालले सबैभन्दा धेरै भारतबाट एक अर्ब ५० करोड अर्थात्  करीब १० करोड  थान डाइपर आयात गरेको थियो । 

यसपछि भियतनामबाट ५० लाख रूपैयाँको पाँच लाख २० हजार थान तथा पाकिस्तानबाट ३१ लाख रूपैयाँको करीब १५ हजार थान आयात भएका प्रतिवेदनमा जनाइएको छ । अन्य विभिन्न मुलुकबाट पनि नेपालले डाइपर आयात गर्ने गर्छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।