image
image

राष्ट्रिय परीक्षा बोर्डले राष्ट्रिय स्तरमै एसईई सञ्चालन गर्ने 

काठमाडौँ २९ माघ । अब सरकारले एसईईलाई पुरानै शैली र संरचनामा सञ्चालन गर्ने भएको छ ।   प्रदेश सरकारसँग आवश्यक समन्वय गरी मन्त्रीपरिषदले विगत झैं राष्ट्रिय परीक्षा बोर्डले एसईई सञ्चालन गर्ने निर्णय गरेको हो ।

 एसईईको परीक्षा प्रदेश स्तरबाट सञ्चालन गर्नुपर्ने व्यवस्था भए पनि यसमा राज्यले स्पष्ट कानुन बनाउन सकेको छैन ।। मन्त्रिपरिषद्ले विद्यालय शिक्षाको शैक्षिक सत्र तथा वार्षिक परीक्षा सञ्चालन, व्यवस्थापन सम्बन्धमा प्रदेश सरकारसँग आवश्यक समन्वय गरी बोर्डले नै परीक्षा सञ्चालन, व्यवस्थापन, नतिजा प्रकाशन र प्रमाणीकरणको व्यवस्था मिलाउने गरी बाटो खोलिदिएको छ ।

त्यस्तै सरकारले अधिकार प्रदान गरेपछि बोर्डलाई अगाडि बढ्न बाटो खुलेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बताउनुभयो ।

 हाल विद्यालयको पठनपाठन भौतिक रूपमा सञ्चालन गरिएको भए पनि शैक्षिक सत्रको सुरुवात र शैक्षिक सत्र समापनको विषय भने स्पष्ट हुन सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।