ह्वातै घट्यो सुनचाँदीको मूल्य, कति छ तोलाको ?
काठमाडौँ २४ साउन । आईतबार नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वातै घटेको छ । शुक्रबारको तुलनामा आइतबार अधिकतम १५ सय रुपैयाँले घट्दै सुन प्रतितोला ९० हजार रुपैयाँमा झरेको हो ।
शुक्रबार बजारमा प्रतितोला ९१ हजार ५०० रुपैयाँ कारोबार भएको छापावाल सुनको मूल्य आज ९० हजार कायम भएको हो । त्यसैगरी नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत अधिकतम १ हजार ४५० रुपैयाँले घट्दै ८९ हजार ५५० रुपैयाँमा झरेको छ ।
यस्तै चाँदी प्रतितोला २५ रुपैयाँले घट्दै एक हजार २४० रुपैयाँ कायम भएको छ ।