image
image

नेप्सेमा पाँच कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि, कुनको कति ?

काठमाडौँ २४ साउन । साताको पहिलो दिन (आइतबार) नेप्सेमा पाँच कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ ।कारोबार सुरु भएको करिब डेढ घण्टामा दुई कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको छ भने बाँकी तीन कम्पनीको शेयरमुल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।

अपि पावर कम्पनी र जीवन विकास लघुवित्तको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएको छ ।  अपि पावरको शेयरमुल्य प्रतिकित्ता रु. ६०७ र जीवन विकास लघुवित्तको शेयरमुल्य रु. १ हजार ६५६ पुगेको छ । 

यस्तै,युनियन लाइफ इन्स्योरेन्स र ङादी ग्रुप पावरको शेयरमुल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ भने नेपाल फाइनान्सको शेयरमुल्य ९.९२ प्रतिशतले बढेको हो ।

युनियन लाइफ इन्स्योरेन्सको शेयरमुल्य प्रतिकित्ता रु.५३०, ङादी ग्रुप पावरको रु.१ हजार ६५ र नेपाल फाइनान्सको रु.७९२ पुगेको छ ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।