image
image

५२ कम्पनीले तिरेनन् महानगरलाई कर, ३० दिनभित्र तिर्न निर्देशन  

काठमाडौँ २४ साउन । काठमाडौँ नगरपालिकाले कर नतिर्ने ५२ कमपनिको सूची सार्वजनिक गरेको छ । आइतबार एक सूचना महानगरपालिकाले उक्त कम्पनीलाई ३० दिनभित्र कर दाखिला गर्न निर्देशन समेत दिएको छ ।

हानगपालिकाले पेप्सी उत्पादक कम्पनी वरुण वेभरेज, जय नेपाल हल, इम्पोरियल अर्पाटमेन्ट, कान्तिपुर होटल, होटल हिमालयन, सिटी होटल्स, शुभकामना हाउजीङ्ग, गोपीकृष्ण मुभिजु, खाद्य संस्थान, नेपाल विद्युत प्राधिकरण, चेम्बर भवन, नेशनल ट्रेडिङ्ग, के एल टावर, सिटी सेन्टर लगायतका ५२ करदातालाई एक महिनाभित्र बक्यौता कर भुक्तानी गर्न पत्राचार गरेको हो।

३० दिनभित्र काठमाडौं महानगरपालिकाको राजस्व विभाग वा सम्बन्धीत वडा कार्यालयमा सम्पर्क गरी आफ्नो सम्पत्तिको विवरण बुझाउन बाँकी कर (जरिवाना समेत) दाखिला गर्नुपर्ने छ । तिर्न बाँकी रकम सरकारी बाँकी सरह असुल उपर गर्न कानूनी प्रक्रिया अगाडि बढाउने समेत महानगरपालिकाले जनाएको छ ।     
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।