image
image

नेविसङ्घका अध्य्क्षको पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग ।

नेपाल आयल निगमले गत सोमबार  रति  १२ बजेबाट लागू हुने गरी  पेट्रोल, डिजेल,र मट्टीतेलको भाउ बढ्ने जानकारी गराएको थियो तर आज नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गरेको छ ।

नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले मंगलबार विज्ञप्ति जारी गरी कोरोनाका कारण जनता छटपटिरहेको, व्यापार व्यवसाय खस्केको र रोजगारी गुमेको विकराल अवस्थामा पेट्रोलियम पदार्थको मूल्य वृद्धि ठीक नभएको भन्दै मूल्य वृद्धि फिर्ता लिन माग गरेका छन् । “एकातिर राजनीतिक अस्थिरताको भूमरीमा देश परिरहेको र अर्कातिर कोरोनाका कारण दैनिक जीवन कष्टकर हुँदै गएको बेला जनताको ढाड सेक्ने गरी भएको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गर्दछौँ,” उनले भनेका छन् । 
 
अध्यक्ष ढुङ्गानाले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता नभए आन्दोलन गर्ने बताएका छन् । नेपाल आयल निगमले भने भारतबाटै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएर आएकाले स्वचालित मूल्य प्रणालीअनुसार पेट्रोलियम पदार्थको मूल्य बढाइएको बताएको छ ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।