image
image

मैलुङखोला जलविद्युत कम्पनीको आईपीओ मंगलबार बाँडफाँट हुने

काठमाडौँ २५ साउन । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओ साउन २६ गते मंगलवार बाँडफाँट हुने भएको छ । कम्पनीले साउन १४ गतेदेखि १९ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो । 

सर्वसाधारणका लागि छुट्याईएको प्रतिकित्ता रू. १०० अंकित दरको रू. ७ करोड ३६ लाख २८ हजार ६०० बराबरको ७ लाख ३६ हजार २८६ कित्ता आईपीओमध्ये ६ लाख ८४ हजार ७४६ कित्ता सार्वजनिक निष्कासन मार्फत विक्री गरेको हो । कुल कित्तामध्यबाट २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ । 

उक्त आईपीओमा २१ लाख १८ हजार ९२५ जना आवेदकहरुबाट २ करोड ८४ लाख ४१ हजार ८४० कित्ता शेयर खरिदको लागि आवेदन परेको विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको भनाई छ । सोमवार प्रि अलोटमेण्ट सम्पन्न गरिसकेको जानकारी दिदैं क्यापिटलले मंगलवार विहान ९ बजे क्यापिटलकै कार्यालयमा बाँडफाँट गर्न लागिएको जानकारी दिएको हो । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।