image
image

नेप्सेमा झिनो अंकको बृद्धि हुँदा ६ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढ्यो

काठमाडौँ २५ साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबारको पहिलो दोस्रो दिन आज सोमबार झिनो अंकको बृद्धि आएको छ । आज नेप्से १.४७ अंकले बढेर तीन हजार एक सय ९ दशमलब ६० विन्दुमा पुगेको छ ।  

नेप्सेका अनुसार आज १४ अर्ब १३ करोड ३७ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका पाँच समूहको बढेका छन् भने अन्य सबै समूह घटेका छन् ।    

त्यस्तै, आज कारोबार भएका कम्पनीमध्ये ६ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । शेयरमूल्यमा सर्किट लाग्ने कम्पनीहरुमा आईसीएफसी फाइनान्स कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, हिमालयन पावर पार्टनर, नेपाल हाइड्रो डेभलपर्श, युनियन हाइड्रोपावर लिमिटेड, जीवन विकास लघुवित्त वित्तिय संस्था रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले बढेको छ ।  
      
त्यसैगरि, कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको आज करिब ६७ करोडको कारोबार भएको छ ।       
             
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।