image
image

मैलुङ खोलाको आइपीओ बाँडफाँट

काठमाडौँ २६ साउन ।  मैलुङ खोला जलविद्युत कम्पनीको आइपीओ मंगलबार बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत कुल ६८ हजार ४७४ जनाले सेयर पाएका छन् । जसमध्ये ६८ हजार ४६८ जनाले १० कित्ता र ६ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् । कम्पनीले सर्वसाधारणलाई ६ लाख ८४ हजार ७४६ कित्ता सेयर बाँडफाँट गरेको हो । यो आइपीओमा कुल २० लाख ६७ हजार ९६७ जनाले आवेदन दिएकामा २ हजार ८४३ जनाको आवेदन रद्द भएको छ । 
 
रितपूर्वक आवेदन दिएका २० लाख ६५ हजार १२४ लाई मात्र गोलाप्रथामा सहभागी गराइएको हो । मैलुङ खोलाले साउन १४ गतेदेखि १८ गतेसम्म कुल ७ लाख २६ हजार २८६ कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमध्ये २% अर्थात १४ हजार ७२६ कित्ता सेयर कर्मचारी र ५% ले हुने ३६ हजार ८१४ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएर बाँकी रहेको ६ लाख ८४ हजार ७४६ कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरेको हो ।
 
लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । मैलुङ खोलाको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ । आइपीओ नतिजा हेर्न भने अझै केही समय प्रतिक्षा गर्नुपर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।