नेप्सेले तोड्यो नयाँ रेकर्ड, कारोबार रकममा पनि उछाल
काठमाडौँ २६ साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबारको पहिलो तेस्रो दिन आज मंगलबार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज नेप्से तीन हजार एक सय ६१ दशमलब ४४ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । यसअघि २०७८ साल असार २० गते बुधबार नेप्से तीन हजार एक सय ४० दशमलब ३८ विन्दुमा पुगेको थियो ।
नेप्सेका अनुसार आज नेप्से ५१.९७ अंकले बढको छ । साथै, आज कारोबार रकम पनि बढेको छ । आज १७ अर्ब ८४ करोड ६१ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका तीन समूहको घटेका छन् भने अन्य सबै समूह बढेका छन् ।
आज कारोबार भएका कम्पनीमध्ये १९ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, साञ्जेन जलविद्युत कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । जसको शेयरमूल्य करिब ६ प्रतिशतले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अप्पर तामाकोशी हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको आज करिब ८९ करोडको कारोबार भएको छ ।