बानेश्वरमा सिनेमा हल खोल्दै दीपक–दीपा
काठमाडौँ २६ साउन । हास्य कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले छिट्टै सिनेमा हल संचालनमा ल्याउने भएका छन् ।उनीहरुले करीब ९ करोडको लागतमा दुई अडिटोरियमको सिनेमा हल खोल्न लागेका हुन् । उनीहरुले नयाँ बानेश्वरस्थित शंखमुल रोडमा सिनेमा घर निर्माण गरिरहेका छन् । अवस्था सहज भयो भने चैतबाट हल सञ्चालनमा ल्याउन सकिने उनीहरुको भनाई छ ।
दुईवटा स्क्रिन रहने सिनेमा हल आउँदो चैतसम्म निर्माण सम्पन्न गरिसक्ने योजना रहेको बताए । त्यस्तै हलमा चारसय सिट रहने बताएका छन् । निर्देशकसमेत रहेकी कलाकार दीपाश्री सिनेमा हलहरु धमाधम बन्द भइरहेका बेला नयाँ हलले राम्रो आम्दानी गर्ने विश्वास लिएकी छिन् ।