image
image

महिला लघुवित्तको आईपीओ भोलिदेखि खुल्ने

काठमाडौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले शुक्रवारदेखि सर्वसाधारणका लागि आईपीओ विक्री खुला गर्ने भएको छ ।

यसअघि माघ २८ गतेदेखि विक्री खुला गर्ने मिति सार्वजनिक गरेको कम्पनीले सिडिएस एण्ड क्लियरिङ लिमिटेडको निर्देशन बमोजिम मिति परिवर्तन गरेको हो । सिडिएससीले प्राविधिक समस्या हुने भन्दै आईपीओ विक्री खुला गर्नको लागि उपयुक्त दिन शुक्रवार तोकेको छ ।

धितोपत्र दोस्रो बजारको कारोबार राफसाफका लागि पनि मेरो शेयर सफ्टवेयर मार्फतनै ईडीआईएस गर्नुपर्ने भएकाले शुक्रवार र शनिवारको समयमा आईपीओ भर्न समस्या नहुने भन्दै सिडिएससीले शुक्रवारदेखि आईपीओ खुला गर्न कम्पनीलाई भनेको हो । 

कम्पनीले प्रतिकित्ता रू. १०० अंकित दरको ४ लाख कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न लागेको छ। कुल कित्तामध्ये शून्य दशमलव ५ प्रतिशत दरको ५ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको २० हजार कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित राखी बाँकी ३ लाख ७५ हजार कित्ता शेयर सार्वजनिक निष्कासनमा आउन लागेको हो ।

सार्वजनिक निष्कासनमा आएको शेयरमा मात्र सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यो आईपीओ विक्री मिति छिटोमा फागुन ४ गते र ढिलोमा फागुन १४ गतेसम्मका लागि तोकिएको छ । आवेदन दिदाँ न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म दिन सकिने व्यवस्था छ ।

विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्टवेयर र मेरो शेयर मोवाइल एपबाट पनि आवेदन दिन सकिनेछ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।