नेप्सेले तोड्यो रेकर्ड, कारोबार रकममा पनि उछाल
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबारको अन्तिम दिन आज विहिबार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज नेप्से १६.३२ अंकले बढेर तीन हजार एक सय ७८ दशमलब ९१ विन्दुमा पुगेको हो । यस अघि मंगलबार तीन हजार एक सय ६१ दशमलब ४४ विन्दुमा पुगेको थियो ।
नेप्सेका अनुसार आज कारोबार रकममा पनि बृद्धि भएको छ । १७ अर्ब ५१ करोड ३२ लाख बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा १५ अर्ब ४५ करोड ५९ लाख बराबरको कारोबार भएको थियो । आज कुल १३ समूह मध्ये ६ समूह घटेका छन् भने ८ समूह बढेका छन् ।
त्यस्तै, आज कारोबार भएका कम्पनीमध्ये सात कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा महालक्ष्मी विकास बैंक, साइन रेसुङगा डेभलपमेन्ट बैंक, कामना सेवा विकास बैंक, माउन्टेन इनर्जी नेपाल, रु रु जलविदुत परियोजना, जीवन विकास लघुवित्त वित्तिय संस्था र युनियन लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् ।
त्यस्तै, पाँचथर पावर कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । जसको शेयरमूल्य करिब ४ प्रतिशतले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अप्पर तामाकोशी हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको आज ६२ करोडको कारोबार भएको छ ।