image
image

सानिमा लाईफको आईपीओ शनिवार बाँडफाँट हुने 

काठमाडौँ २९ साउन  । सानिमा लाईफ इन्स्योरेन्सले साउन २० गतेदेखि २४ गतेसम्म विक्री गरेको आईपीओ साउन ३० गते शनिवार बाँडफाँट गर्ने भएको छ । विक्री प्रबन्धक प्रभु क्यापिटलले शनिवार ११ बजे आफ्नै कार्यालय दरबारमार्ग, काठमाडौंमा आईपीओ बाँडफाँटको तयारी गरेको हो ।

यस कम्पनीको आईपीओमा २४ लाख १९ हजार १२७ जनाको आवेदन परेको छ । यी आवेदकहरुबाट ३ करोड ६९ लाख ४३ हजार ४४० कित्ताको शेयर माग भएको विक्री प्रबन्धकको भनाई छ । कम्पनीले भने सर्वसाधारणमा सार्वजनिक निष्कासन मार्फत ५४ लाख कित्ता शेयर विक्री गरेको हो । कल ६० लाख कित्ता शेयरमध्य ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ । कम्पनीको आईपीओ भाग्य मानी ५ लाख ४० हजार आवेदकहरुले मात्र १० कित्ताका दरले प्राप्त गर्नेछन् । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।