image
image

बजार पुँजीकरण १२३.७ प्रतिशतले वृद्धि

काठमाडौँ २९ साउन ।नेपाल राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तसम्म बजार पुँजीकरण १२३.७ प्रतिशतले वृद्धि भएको उल्लेख छ । २०७७ असार मसान्तमा १,३६२.४ रहेको नेप्से सूचकाङ्क २०७८ असार मसान्तमा २,८८३.४ कायम भएको छ । 

त्यसैगरी बजार पुँजीकरण २०७७ असार मसान्तमा रु. १,७९२ अर्ब ७६ करोड रहेकोमा २०७८ असार मसान्तमा १२३.७ प्रतिशतले वृद्धि भई रु. ४,०१० अर्ब ९६ करोड कायम भएको मौद्रिक नीतिमा उल्लेख छ ।


आर्थिक वर्ष २०७७/७८ मा नेपाल धितोपत्र बोर्डले रु. २३ अर्ब ४ करोड बराबरको ऋणपत्र, रु. १५ अर्ब १८ करोड बराबरको साधारण शेयर, रु. १४ अर्ब ५ करोड बराबरको हकप्रद शेयर र रु. ९ अर्ब ४० करोड बराबरको म्युचुअल फण्ड गरी कुल रु. ६१ अर्ब ६७ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशन गर्न अनुमति दिएको छ ।


आर्थिक वर्ष २०७७/७८ मा १६ वाणिज्य बैंक, ४ विकास बैंक र १ वित्त कम्पनी गरी २१ बैंक तथा वित्तीय संस्थाहरुले रु. ६९ अर्ब ६० करोडको ऋणपत्र निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका छन् । २०७८ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट ऋणपत्रमार्फत् रु.१०० अर्ब ३८ करोड वित्तीय साधन परिचालन भएको छ ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।