ट्विटरको आम्दानीमा वृद्धि
काठमाडौँ २९ माघ सामाजिक सञ्जाल ट्विटरले कीर्तिमानी त्रैमासिक आम्दानी हासिल गरेको छ । गत वर्षको अन्तिम त्रैमासमा कम्पनीले १ अर्ब २९ करोड डलर आम्दानी गरेको हो ।
सन् २०१९ को अन्तिम त्रैमासको तुलनामा कम्पनीले २८ प्रतिशत धेरै आम्दानी गरेको बताइएको छ । समीक्षा अवधिमा प्रयोगकर्ता वृद्धिबारेको अनुमान पूरा नभए पनि आम्दानी र मुनाफा भने अपेक्षाकृत उच्च रह्यो ।
समीक्षा अवधिमा ट्विटरको कुल ‘मनिटाइजेबल’ दैनिक सक्रिय प्रयोगकर्ताको संख्या १९ करोड २० लाख पुगेको बताइएको छ ।
यो गत वर्षको सोही अवधिको तुलनामा २६ प्रतिशत धेरै भए पनि विश्लेषकको अनुमानभन्दा चाँहि कम हो । समीक्षा अवधिमा सो संख्या १९ करोड ३५ लाख पुग्ने अनुमान गरिएको थियो ।