इन्टरनेट शुल्क घटाउने सरकारको तयारी
काठमाडौँ ३० साउन । सरकारले इन्टरनेटको शुल्क घटाउने तयारी गरेको छ । सबैमा इन्टरनेट सेवाको पहुँच पुर्याउनक लागि सेवा शुल्क घटाउने तयारी गरिएको सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले जानकारी दिएका छन् ।सरकारी र निजी सेवाप्रदायक मिलेर अहिले भएको दरमा इन्टरनेट सेवाको शुल्क घटाई सबैको सुलभ बनाइने उनले जनाए ।
यता नियमक नेपाल दूरसञ्चार प्राधिकरणले यसअघि नै इन्टरनेटको शुल्क देशको प्रतिव्यक्ति आएको दुई प्रतिशतमा झार्ने तयारी अगाडि बढाइसकेको छ । अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयु) ले सन् २०२५ सम्म त्यसलाई घटाएर प्रतिव्यक्ति आयको दुई प्रतिशतमा झार्नुपर्ने बताएको छ ।त्यसैका आधारमा हाल नीतिगत सुधारको प्रक्रिया अघि बढेको प्राधिकरणले जनाएको छ ।