कोरोनाको कारण १० प्रतिशत उद्योग पूर्ण रुपमा बन्द
काठमाडौँ २९ माघ । विश्व महामारीको रूपमा फैलिएको कोरोनाले मानिसको जीवनयापन देखि उद्योग व्यवसाय सबै तथालिंग भएको छ । त्यस्तै महामारीका कारण नेपालमा सञ्चालित उद्योग मध्ये १०.८१ प्रतिशत उद्योग पूर्ण रुपमा बन्द भएको पाइएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक गरेको रिपोट अनुसार ८९.१९ प्रतिशत उद्योग आंशिक रुपमा सञ्चालनमा छन् ।
महामारीकै कारण उद्योगको उत्पादन क्षमतामा पनि गिरावट आएको छ । ५४ प्रतिशत उद्योगले क्षमताको ५० प्रतिशत मात्र उत्पादन गरेका छन् । त्यसैगरी ३२.४३ उद्योगले क्षमताको २५ प्रतिशत मात्र उत्पादन गरेका छन् । त्यस्तै, २३.५२ प्रतिशत लघु घरेलु उद्योगको उत्पादन क्षमता ७५ प्रतिशतले घटेको पाइएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले २०७७ कात्तिक १७ देखि मंसिर १६ सम्म सबै वर्गका गरी ३७ उद्योगबाट तथ्यांक संकलन गरी उक्त नमुना अध्ययन गरेको जनाएको छ ।त्यस्तै सबैभन्दा बढी लघु उद्योगका श्रमिकले रोगगारी गुमाएका छन् । साना, मझौला र ठूला उद्योगका श्रमिकले रोजगारी गुमाएका छन् ।