इन्फ्रास्टक्चर बैंकको सेयर कारोबार आइतबारदेखि हुने
काठमाण्डौ । हालसम्मकै ठूलो आईपीओ निष्कासन गरेको नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को धितोपत्र कारोबार आगामी आइतबारदेखि हुने भएको छ। नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा)को नेप्सेमा सेयर सूचीकरण भएपछि आगामी आइतबारबाट भने दोस्रो बजारमा सेयर कारोबार हुनेछ।
नेप्सेले निफ्रालाई पनि अन्य उपसमूहमा समावेश गर्ने बताइएको छ। निफ्राको पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता रु. ११३.६२ देखि ३४०.८६ रेन्ज तोक्ने जनाएको छ । निफ्राले गत माघ २ गतेबाट ८ करोड कित्ता आईपीओ निष्कासन गरेको थियो।
कुल कित्तामध्ये ०.२ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४० लाख कित्ता म्युचुअल फण्डहरुका लागि आरक्षण छुट्याइएको थियो। सर्वसाधारणका लागि भने ७ करोड ५८ लाख ४० हजार कित्ता छुट्याइएको थियो।