image
image

यस्तो छ टाटा टिगोरको नयाँ मूल्य

काठमाडौँ २९ माघ ।  नेपालमा टाटाका प्यासेन्जर भेइकल चर्चित छन्। टिगोर टाटाको लोकप्रिय मोडल हो।तीन वर्षअघि बजारमा आएको टिगोरको लोकप्रियतालाई मध्यनजरगर्दै कम्पनीले टिगोरको सफलताको एक वर्षमा फेसलिफ्ट बजारमा ल्यायो। गाडीमा रहेको प्रोजेक्टर हेडल्याम्पले भिजिविलिटी राम्रो बनाएको छ भने हेडल्याम्प वरिपरीको क्रोमसेटले अझ आकर्षक बनाएको छ।

उक्त गाडीको सिग्नेचर लाइनिङहरूमा राखिएको क्रोमसेटले यसलाई प्रिमियम लुक्स दिएको कम्पनीको दाबी छ। यसमा फगलाइट विथ क्रोम सेट, अलोय ह्विल, चाबीबाटै बुट खोल्न मिल्ने सुविधा दिइएको छ।

टिगोरमा हार्मन कार्डनको इन्फोटेन्टमेन्ट सिस्टम रहेको छ भने ७ इन्चको टच स्क्रिन दिइएको छ। जसमा भ्वाइस कमाण्ड, मल्टी ड्राइभ मोड, चार वटा स्पिकर र चार वटा ट्विटर, इलेक्ट्रोनिक फोल्डिङ मिरर लगायतका फिचर्स समावेस गरिएको छ।

सेफ्टीको लागि यसमा एयर ब्याग, एविएस विथ इबिडी, कर्नर स्ट्याबिलिटी कन्ट्रोल (सिएससी) छ। सिएससीले उच्च गतिमा ‘सार्प टर्निङ’मा घुमाउँदा पनि चिप्लने–पल्टिने सम्भावना हटाउने कम्पनीले जनाएको छ।१.२ लिटर सिसी रेभोर्टोन पेट्रोल इन्जिनको यस गाडीले ६ हजार आरपिएममा ८५ हर्स पावर शक्ति र ३ हजार ५ सय आरपिएममा १ सय १४ एनएम टर्क दिन्छ।

६ वटा रङहरूमा उपलब्ध  नयाँ टिगोर एक्सई, एक्सएमओ, एक्सजेड र एक्सजेड प्लस गरी ४ वटा भेरियन्टमा उपलब्ध छ। नयाँ टिगोर वर्षमा १ पटक मात्र सर्भिसिङ गर्नुपर्ने हुँदा खर्च पनि कम लाग्ने कम्पनीको भनाइ छ।

भर्खरैमात्र सिप्रदीले टगोरको बेस भेरिएन्टको मूल्य बढाएको छ। कम्पनीले एक्सई भेरिएन्टको २७ लाख ९९ हजार बाट २८ लाख ९९ हजार बनाएको छ। 

यस्तो छ भेरिएन्टको हालको मूल्य 
एक्सई– २८ लाख ९९ हजार
एक्सएमओ – २९ लाख ९९ हजार
एक्सजेड – ३१ लाख ९९ हजार
एक्सजेड प्लस – ३३ लाख ९९ हजार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।