image
image

२४ घण्टामा काेराेना सङ्क्रमणबाट पाँच जनाकाे ज्यान गयाे, यस्तो छ संक्रमित संख्या 

काठमाण्डाै २९ माघ ।  कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा देशभर थप पाँच जनाको ज्यान गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या २ हजार ५२ पुगेको छ । 

यस्तै २४ घण्टामा तीन हजार २३ जनाको पीसीआर परीक्षण गर्दा ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७२ हजार चार सय ३० पुगेको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ ।

यस्तै आज सम्म  एक सय ११ जना निको भएर डिस्चार्ज भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ६८ हजार ६ सय ६० पुगेको मन्त्रालयले जनाएको छ । अहिले आइसाेलेशनमा रहनेकाे सङ्ख्या १  हजार सात सय १८ छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।