image
image

भटमासको तेल निर्यात तेब्बरले बढ्यो 

काठमाडौँ ३० माघ। विदेशबाट भटमासको कच्चापदार्थ ल्याई पुनः प्रशोधन गरेर भारत निर्यात गर्ने क्रम बढेको छ । पाम तेल पनि यसैगरी निर्यात गरिन्थ्यो । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ६ महिनामा १७ अर्ब ३३ करोड ३४ लाख रुपैयाँ बराबरको भटमासको तेल निर्यात भएको छ ।चालू आर्थिक वर्ष ०७७-७८ को ६ महिनामा भटमास तेल (सोयविन) निर्यात दुई सय ८९ प्रतिशतले बढेको छ । आव ०७५/७६ को पहिलो ६ महिनामा ३२ करोड रुपैयाँको भटमास तेल निर्यात भएको थियो ।

व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रको तथ्यांकअनुसार, ६ महिनामा १७ अर्ब ३३ करोड ३४ लाख रुपैयाँ बराबरको भटमासको तेल निर्यात भएको छ । यो नेपालबाट निर्यात हुने वस्तुहरूमध्ये सबैभन्दा धेरै हो ।नेपाली व्यवसायीहरूले अर्जेन्टिना, ब्राजिल, पाराग्वे, इन्डोनेसिया तथा युक्रेनबाट भटमास आयात गर्छन् । मुलुकमा प्रशोधन गरी भारत निर्यात गर्छन् । सबैभन्दा बढी कच्चा भटमास तेल अर्जेन्टिनाबाट आयात हुने गरेको छ ।

केन्द्रका अनुसार, कृषिजन्य वस्तु नेपालबाट निर्यात गर्दा महसुल लाग्दैन । अन्य मुलुकबाट नेपाल आयात गर्दा पनि गुणस्तरका आधारमा थोरै भन्सार लाग्छ । पुनः भारत निर्यात गर्दा महसुल नलाग्ने हुँदा व्यवसायी कच्चापदार्थ ल्याई प्रशोधन गरेर निर्यात गर्नेतर्फ आकर्षित भएका हुन् ।

पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझा कृषिजन्य वस्तु निर्यातमा छुट दिएकाले पनि भटमासको कच्चा पदार्थ आयात गरेर ठूलो परिणाम निर्यात भएको बताउँछन् । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।