image
image

चीनबाट भोलि ८ लाख डोज भेरोसेल खोप आउँदै, बिहीबार थप ८ लाख डोज आउने 

काठमाडौँ २ भदौ । भोलि (बुधबार) चीनबाट आठ लाख डोज भेरोसेल खोप आउने भएको छ। चिनियाँ कम्पनीसँग खरिद गरिएको ६० लाख डोज खोपमध्ये भोलि र पर्सी गरी १६ लाख डोज भेरोसेल खोप नेपाल आउन लागेको हो।



नेपालले चीनसँग यसअघि ४० लाख डोज भेरोसेल खोप खरिद गरिसकेको छ। स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका अनुसार चीनबाट भोलि आठ लाख र पर्सी आठ लाख डोज खोप आउने छ। बाँकी ४४ लाख डोज खोप अगस्टको अन्तिम साता आइपुग्ने महाशाखाले जनाएको छ।


यस्तै, जापानले कोभ्याक्समार्फत् उपलब्ध गराएको १६ लाख डोज खोपमध्ये बाँकी सात लाख डोज खोप भदौ ५ र ७ गते आउने भएको छ।नेपालमा अहिलेसम्म २४ लाख ४८ हजार कोभिशिल्ड, ५८ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन, १० लाख ७७ हजार ३२० डोज एस्ट्राजेनेका गरी एक करोड आठ लाख ६० हजार १७० डोज खोप आइसकेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको तथ्यांकअनुसार ३४ लाख ९० हजार ६६५ जनाले कोभिडविरुद्धको पूर्णखोप लगाएका छन् भने ४६ लाख १६ हजार ९३६ जनाले पहिलो मात्रा लगाएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।