image
image

नेप्सेमा नयाँ रेकर्ड, कारोबार रकममा पनि उछाल 

काठमाडौँ २ भदौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज बुधबार उच्च विन्दुमा पुगेको छ ।  आज नेप्से तीन हजार दुई सय २० दशमलब ३३ विन्दुमा पुगेको नेप्से अन्ततः तीन हजार एक सय ९८ दशमलब ६० विन्दुमा पुगेर बन्द भएको छ । यो हालसम्मकै उच्च विन्दु हो । यसअघि नेप्से २०७८ साउन २७ गते बुधबार तीन हजार एक सय ९८ दशमलब ०७ विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको थियो ।   

त्यस्तै, आज नेप्से ३८.२८ अंकले बढेको छ भने कारोबार रकममा पनि उछाल आएको छ । आज २१ अर्ब ३१ करोड ३४ लाख बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा १८ अर्ब २० करोड ४९ लाख बराबरको कारोबार भएका थियो ।   

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये ९ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, अरुण काबेली पावर, शिवम् सिमेन्ट, जीवन विकास लघुवित्त वित्तिय संस्था,गुडवील फइनान्स कम्पनी, आँखुखोला जलविद्युत कम्पनी, लुम्बिनी विकास बैंक, महालक्ष्मी विकास बैंक र एनआरएन इनफाइन्ट्रक्चर डेभलपमेन्ट कम्पनी रहेका छन् ।  

त्यस्तै, एसबीएल डिभेञ्चरको शेयरमूल्यमा उच्च गिरावट आएको छ । जसको शेयरमूल्य करिब ६ प्रतिशतले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेशनल हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको आज ७८ करोड भन्दा बढीको कारोबार भएको छ ।          
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।