घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदै छ कारोबार ?
काठमाडौँ ३ भदौ । विहिबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४०० रुपैयाँले घटेको हो ।
आज छापावाला सुन तोलामा ४ सय रुपैयाँले घटेर ९० हजार ८०० रुपैयाँमा झरेको छ । त्यस्तै तेजावी सुनको मूल्यमा पनि ४ सय रुपैयाँकै गिरावट भएर बुधबार ९० हजार ३०० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
चाँदीको मूल्य :
बुधबार प्रति तोला १२ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि थप २५ रुपैयाँले घट्दै एक हजार १८० रुपैयाँमा झरेको छ ।