सिनर्जी पावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौँ ३ भदौ । सिनर्जी पावर डेभलपमेण्ट लिमिटेडले प्रस्ताव गरेको १० दशमलव ५० प्रतिशत लाभांश सुरक्षित गर्ने बिहीवार अन्तिम दिन रहेको छ । यस वर्ष कम्पनीले मा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीले हाल कायम चुक्तापूँजी रू. ७३ करोड ३२ लाख ५० हजारको आधारमा उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले प्रस्तावित १० प्रतिशत बोनस शेयरपश्चात कायम हुने चुक्तापूँजीको आधारमा २ बराबर १ को अनुपात अर्थात् ५० प्रतिशत हकप्रद शेयर विक्री गर्ने निर्णय समेत गरेको छ ।
उक्त लाभांश र हकप्रद शेयर विक्रीको प्रस्तावसहित अन्य विविध प्रस्ताव पारित गर्न कम्पनीले भदौ १८ गते १५औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा प्रयोजनका लागि भदौ ४ गतेदेखि भदौ १८ गतेसम्म बुक क्लोज गर्ने भएकाले भदौ ३ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।