image
image

नेप्से दोहोरो अंकले घट्दा पनि २० अर्ब ४९ करोडको कारोबार

काठमाडौँ ३ भदौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम कारोबारको दिन आज बिहिबार दोहोरो अंकले घटेको छ । आज नेप्से १८.१७ अंकले घटेर तीन हजार एक सय ८० दशमलब ८६ विन्दुमा थामिएको छ । 

त्यस्तै, आज २० अर्ब ४९ करोड ९२ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका पाँच समूह बढेका छन् भने अन्य सबै समूह घटेका छन् ।    नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये जीवन विकास लघुवित्त वित्तिय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३९०६.१० रुपैयाँ पुगेको छ ।  

त्यस्तै, हाइड्रोइलेक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, खानीखोला हाइड्रोपावर र पञ्चकन्यामाई हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । जसको शेयरमूल्य १० प्रतिशतले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण काबेली पावर कम्पनीको भएको छ । यस कम्पनीको आज एक अर्ब १६ करोड भन्दा बढीको कारोबार भएको छ ।          
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।