image
image

युनाइटेड इदी मर्दीको नाफा ४ करोड ६० लाख, प्रतिसेयर आम्दानी कति ?

काठमाडौँ, ५, भदौ । युनाइटेड इदी मर्दी आरबि हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त  विवरण अनुसार संस्थाले वित्तीय प्रगति गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा ४ करोड ६० लाख ८२ हजार खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनी ४ करोड १४ लाख नोक्सानीमा थियो । कम्पनीको विद्युत् विक्री आम्दानीमा वृद्धि भएसँगै नाफामा सुधार आएको हो । 

सो अवधिमा कम्पनीको विद्युत् विक्री आम्दानी २७ प्रतिशतले बढेर १३ करोड ४५ लाख ८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिमा यस्तो नाफा १० करोड ५४ लाख ७६ हजार रुपैयाँ थियो ।

हाल ४२ करोड रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको जगेडा कोषमा ८ लाख ४८ हजार रुपैयाँ सञ्चित छ । त्यसैगरी कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ९७ पैसा, मूल्य आम्दानी अनुपात ४३ रुपैयाँ २९ पैसा र प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ २० पैसा रहेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।