image
image

लयमा नफर्किंदै व्यवसाय बन्द हुने चिन्ता

महेन्द्रनगर । कोरोनाको दोस्रो लहरको संक्रमणपछि व्यवसाय लय फर्किंदै गरेकोमा पुनः तेस्रो लहरको त्रासले कञ्चनपुरका व्यवसायी चिन्तित बनेका छन् । उद्योग व्यवसाय पूर्ववत् अवस्थामा फर्किन नपाउँदै तेस्रो लहरको संकेतले व्यवसायीमा चिन्ता थपेको हो ।

कोरोना संक्रमणका कारण व्यवसाय धराशयी बनेको कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले बताए । उनका अनुसार पहिलो र दोस्रो लहरको कोरोना संक्रमणले जिल्लाको आर्थिक क्षेत्र नराम्ररी थलिएको छ ।

लामो समयसम्म गरिएको निषेधाज्ञाले ठप्पप्रायः भएको व्यवसाय लयमा फर्किन सकेको छैन । कोरोनाको दोस्रो लहरको संक्रमणपछि व्यवसाय सञ्चालन हुन थाले पनि तेस्रो लहरको जोखिमले झनै चिन्ता बढाएको मल्लले बताए । ‘कोरोना संक्रमण कम हुन थालेपछि व्यवसाय सुचारु हुन थालेका थिए,’ उनले भने, ‘विज्ञहरूले कोरोना संक्रमणको तेस्रो लहर आउने भनिसकेका छन्, लकडाउनमा पनि कडाइ हुन थालेको छ, यसले आम व्यवसायी थप संकटमा पर्ने देखिएको छ ।’

कोरोनाले थलिएका व्यवसायको पुनरुत्थानका लागि सरकारबाट अपेक्षाकृत रूपमा नीति तथा कार्याक्रम आउन नसकेको अध्यक्ष मल्लको गुनासो छ । सरकारले व्यवसायीका लागि सहुलियत ब्याजदरमा ऋण, विगतमा लिएको ऋणको ब्याज छूट तथा किस्ताको समयावधि थप लगायत सुविधा दिनुपर्ने उनले बताए ।

होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष जगदीशचन्द्र भट्टले कोरोना संक्रमणको मुख्य चेपेटामा होटेल र पर्यटन व्यवसाय परेको बताए । कोरोना संक्रमणका बेला गरिएको लकडाउन तथा निषेधाज्ञाले थलिएको व्यवसाय लयमा फर्किन लाग्दा पुनः बन्द गर्नुपर्ने चिन्ता थपिएको उनको गुनासो छ । ‘लकडाउनले थलिएको व्यवसाय शुरू हुन लागेको छ, अहिले व्यवसायीले सञ्चालन खर्च जेनतेन उठाइरहेका छन्,’ उनले भने, ‘कोरोनाको तेस्रो लहर आउने भनिएको छ, यसको नियन्त्रणका लागि भन्दै लकडाउन, निषेधाज्ञा लगाइँदा व्यवसाय पुनः ठप्प हुने चिन्ता छ ।’
-आर्थिक अभियान दैनिकबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।