image
image

चालू  आर्थिक वर्षको ६ महिनाको राजस्व संकलनमा कमी, कतिले भयो कमी ? 

काठमाडौं ३० माघ । कोरोना काहरका कारण लामो समयसम्म भएको बन्दाबन्दिले अर्थतन्त्रको सबै क्षेत्रमा असर पुर्याएको छ । त्यस्तै चालू आर्थिक वर्ष २०७७/७८ को ६ महिनामा कर राजस्व संकलनमा १.३९ प्रतिशतले कमी आएको राजस्व विभागले जनाएको छ ।

प्रथम ६ महिनामा राजस्व वृद्धिदर घट्नुमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसलाई प्रमुख रुपमा लिइएको छ चालू आर्थिक वर्षको ६ महिनामा ३ खर्ब ८६ अर्ब ५३ करोड ४२ लाख रुपैयाँ कर राजस्व संकलन भएको छ । गत वर्षको सोही अवधिमा ३ खर्ब ९१ अर्ब ९८ करोड रुपैयाँ असुल भएको थियो ।

त्यस्तै चालू आर्थिक वर्षको प्रथम ६ महिनामा आयकरतर्फ ९९ अर्ब १४ करोड ७७ लाख संकलन भएको छ । यो रकम गत वर्षको सोही अवधिमा संकलन भएको राजस्वको तुलनामा ११.९५ प्रतिशतले कमी हो । संस्थागततर्फको आयकरमा २३.५८ प्रतिशतले कमी आएको छ । तर, आयकरतर्फ भने व्यक्तिगत आयकर र लगानी आयकरतर्फ क्रमशः ११.५१ र २८.२३ प्रतिशतले वृद्धि भएको विभागको तथ्यांकमा उल्लेख छ । 
 

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।